कतारको मिसाईद पावर प्लान्ट रासलाफान औद्योगिक क्षेत्रमा ईरानको प्रहार : रक्षा मन्त्रालय

रामएकवाल राम


कतार । कतारको रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानबाट प्रक्षेपण गरिएका दुईवटा ड्रोनहरूले कतारका महत्त्वपूर्ण ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार एउटा ड्रोनले मेसाईद स्थित पावर प्लान्टको पानी ट्याङ्कीमा प्रहार गरेको थियो भने अर्को ड्रोनले रासलाफान औद्योगिक क्षेत्रमा रहेको ‘कतार इनर्जी’ को सुविधा केन्द्रमा प्रहार गरेको थियो। यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि भौतिक संरचनामा केही क्षति पुगेको बताइएको छ। सुरक्षा निकायहरूले हाल क्षतिको मूल्याङ्कन गरिरहेका छन्।
यसैबीच, कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले नागरिक पूर्वाधारहरूमा आक्रमण भएपछि कतारले हाल इरानसँग कुनै पनि प्रकारको वार्ता वा संलग्नता नगर्ने स्पष्ट पारेका छन्। कतारी रक्षा प्रणालीले आक्रमणहरूलाई विफल पारे पनि नागरिक क्षेत्रलाई निशाना बनाइनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको कतारको ठहर छ।


आज यी ६ प्रदेशमा वर्षाको सम्भावना


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर
अरुपनि पढ्नुहोस
सबै
बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
















