Opens in a new tab

चितवनको पुल्चोकमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर टुडे

29Shares
dida bag ad

चितवन, फागुन ६ । चितवनको नारायणगढमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गयराती ९ः२० बजेको समयमा भरतपुर महानगरपालिका १ पुल्चोकमा नवलपुरको गैडाकोटबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र.०३००२ ख ३४२३ नम्वरको टेलरले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते नुवाकोट जिल्ला पन्चकन्या गाविस २ बस्ने ५५ वर्षिय दुर्गा कट्टेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने टेलर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक कट्टेलको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

अरुपनि पढ्नुहोस

सबै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे