कांग्रेसले सय सिट पार गर्नुछ, गगन थापालाई प्रधानमन्त्री बनाउनुछ : विनोद चौधरी

नवलपुर टुडे


बर्दघाट नगरपालिका वडा नम्बर १६ मा शुक्रबार चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै चौधरीले सोहीअनुरुप कार्यकर्ता र आम शुभेच्छुकहरूलाई चुनावमा खटिन आग्रह गरे । कांग्रेसको एकरुपता र जनलहर देखेर केही प्रतिस्पर्धीहरू अताल्लिएको उनले बताए । हतोत्साहित भएर विभिन्न चलखेलहरू सुरू भए पनि क्रमिक रूपमा त्यो घट्दै गएको उनको भनाइ छ । सबैलाई उत्साहपूर्वक चुनावमा लाग्न उनले आग्रह गरे ।
बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले पनि औँला उठाउन नसक्ने ठाउँमा पुर्याउनुपर्नेमा चौधरीले जोड दिए । फरक प्रसंगमा उनले बर्दघाट १६ मा रहेको सूर्यनगर रंगशालालाई यो क्षेत्रकै नमूना रंगशाला बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।
“नेपाली क्रिकेट कप्तान रोहित पौडेल जन्मिएको यस क्षेत्रमा रहेको सूर्यनगर रंगशालालाई नमूना रंगशालाको रूपमा विकास गरी भोलिका दिनमा यहीँ टी-२० खेलाउन सक्ने गरी सबै लागौँ, म प्रतिबद्ध छु”, उनले भने ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीन वर्षे कार्यकालमा थुप्रै उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै अधुरा योजनाको पूर्णता र ५ वर्षे स्थायी कार्यकालका लागि उमेदवार चौधरीलाई विजयी गराउनुपर्ने बताए ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















