विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

नवलपुर टुडे


काठमाडाैँ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समिति’ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी छन्। सभापति दाहालले वार्षिक प्रतिवेदनमा विधेयकका दफाबार छलफलसम्बन्धी विज्ञ, मन्त्री र सचिव सबैको सहभागितामा कानुन विधेयकमाथि छलफल गर्दै आएको प्रष्ट पारिन् ।
समितिको प्रतिवेदनमा २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्म समितिबाट भएगरेका कामकारबाही र विधेयकको अवस्था, सदस्यको उपस्थिति, निर्णय र प्रतिवेदहरू समावेश गरिएको जानकारी दिइन्। उनका अनुसार यस अवधिमा औपचारिक रूपमा १०४ वटा बैठक सम्पन्न भएका छन् । ती बैठकमध्ये ८६ वटा बैठक विधेयक व्यवस्थापनको कार्यमा, चार वटा ऐन कार्यान्वयन मापनसम्बन्धी, पाँच वटा अध्ययन अनुसन्धानसम्बन्धी र नौ वटा अन्य विषयमा केन्द्रित रहेका सभापति दाहालले जानकारी दिइन्।

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ


विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
अरुपनि पढ्नुहोस
सबै
बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …
















