हिमालीमा फलफूल खेतीप्रति किसान आकर्षण

उमेश रोकाया


बाजुरा, माघ २६ । फलफूल खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । हिमाली गाउँपालिकाका विभिन्न स्थानका किसानले स्याउ खेती गरिरहेका छन् । सुरुमा स्याउ खेती गर्दा आफ्नै पैसाले किनेर स्याउ बोट रोपेका हुन । केही बोट हिमाली गाउँपालिकाको वृक्षारोपण कार्यक्रम सञ्चालन सुरु भएपछि स्याउ संगै ओखर सहयोग पाएपछि बोट लगाएको हुन । करिव एक जना परिवारले २० देखि सय भन्दा बढीको स्याउ बोट रोपिएको छन । गाउँपालिकाले दिएका बोट फल्ने गरेका छन
पछिल्लो समयमा गाउँका कृषकहरू फलफूल खेतिमा आकर्षक बढदै गएको छ । जति फलफूल खेतीपाती बढ्दै गयो उत्तिकै स्याउ रुखमा फलाउने गरेका छन । स्याउ रुखमा फल्न सुरु गरेको छ । पहिला भन्दा आजभोलि स्याउ र ओखर दुबै खेतीमा बढ्दो आकर्षक बढ्दै गएको कृषक मोहन रावतले बताएका छन।
स्याउ खेतीपाती कृषक चासो उत्तिकै बढ्दै गएको छ । जसका कारण वर्षमा तुलनात्मक रूपमा पहिलेको भन्दा अहिले स्याउ बोटमा लटरम्म फल्ने गरेका छन । जति बारीमा स्याउ उत्पादन फस्टाएको भएपनि अहिले आफू खाने र आफन्तलाई दिइने पुगेको छ । पहिलेको भन्दा अहिले स्याउका बोट हिमाली गाउँपालिकाले दिएपछि बोट थपिएको छन । स्याउ खेतीलाई व्यवसायी रूपमा गरियो भने आम्दानीको स्रोत पनि उत्तिकै बढने देखिन्छ। केहि स्याउका बोट पहिल्यै रोपिएको केही बोट पालिकाले दिएपछि स्याउ खेतीमा विस्तार गरेको स्थानीय कृषक नरजित रावलले बताउनुभयो ।
सबै बोट रुखमा फल्ने गरेका छन । स्याउ सिजनमा ६० देखि ८० रुपैयाँको प्रतिकिलो दरले स्याउ बिक्री गर्दै आएका छन् । वर्षमा जति रुख ठुलो हुँदै जान्छन् त्यतिकै स्याउ बोटमा फल्ने गरेको छ । पहिले भन्दा अहिले स्याउ खेतीपातीमा धेरै चासो राखेको छन । अरु अन्नबाली खेती गर्नु भन्दा फलफूल खेतीबाट आम्दानी हुने सम्भावना भएको हुँदा धेरै कृषक स्याउ खेतिमा बढ्दो आकर्षक रहेकोे कृषक रावलले बताए ।
हिमाली गाउँपालिका स्याउ खेतीमा बढ्दो आकर्षक नभई अहिले पालिका ७ वडाका सबै किसानलाई वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल खेती स्याउ, ओखर, कागति र सुन्तला बोट वितरण गरि प्रशस्त लगाएका छन । धेरै ठाउँमा फलफूल रोपिएको बगैंचामा फल्ने पनि सुरु गरेको छन । विगतको समय भन्दा अहिले फलफूल खेतीमा हिमाली गाउँपालिका अधिकास कृषक बढदो आकर्षक रहेकोे हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
कृषकलाई फलफूल फलाउने मात्र नभई यसलाई बजारीकरण गराउन गाउँपालिकाको केन्द्र धुलाचौरमा कोल्ड स्टोर भवन निर्माण गरिएको छ । अहिले फलफूल संगै स्थानीय रैथाने बाली लाई बजारीकरण गराउन वडामा रष्टिक केन्द्र र फलफूल स्टोर केन्द्र एक कोठा अलगअलग भवन निर्माणका भएको छ ।
अहिले फलफूल खेतिमा हिमाली गाउँपालिका भरी ३५ हजार भन्दा बढी बोट लगाएर रुखमा फल्न सुरु गरेको छ । कृषकहरूले उत्पादन गरेको फलफूल कुनैकुनै खेर जान नदिन त्यसको बजारीकरण गर्नेका लागि पालिकाले ठुलो भुमिका निभाउन भएको अध्यक्ष मल्लले बताउनुभयो ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















