थारू समुदायको संस्कृति संङ्टमा परेकामा चिन्ता

रासस


चितवन, पुस २७। राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् ।
आदिवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले थारू समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताउनुभयो । चितवनको इतिहासका बारेमा अध्ययता प्रो डा थोमस रमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपूरो हुने बताउनुभयो । सबै समाजको इतिहास हुन्छ नै भन्दै उहाँले अहिले त्यसको अध्ययन हुन जरुरी छ भन्नुभयो । चितवनका थारूहरूले वन, नदी र हावासँगको इतिहास बोकेको भन्दै उहाँले यो जनतासमक्ष पुर्याउन जरुरी रहेको भनाइ राख्नुभयो ।
थारू समुदायको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । थारूका स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्न सकिएमात्रै पनि इतिहास संरक्षण हुनसक्ने उहाँको भनाइ छ ।
सो अवसरमा विज्ञ डा सञ्जय महतोले थारू समुदाय ज्ञान र सीपमा धनी भए पनि मौलिकता संङ्टमा परेकामा चिन्ता व्यक्त गर्नुभयो । विद्यमान थारू संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दू संस्कृति भएको जनाउ उहाँले जङ्गल, खोला, माटो तथा कृषि औजार पुज्ने थारूको परम्परा भएको बताउनुभयो ।
कार्यक्रममा लेखक समीक्षक कृष्णहरि सर्वहारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयतित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको बताउनुभयो । पहिचान सबैभन्दा ठूलो कुरा भएको बताउँदै पहिचान संरक्षणमा सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभयो ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















