Opens in a new tab

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ, पुस २५।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भएकाले मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेको घोषणा गर्नुभएको छ ।

मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको हो ।
 
“देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ रु”, मन्त्री पुनको प्रश्न छ । उहाँले इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ तारिखसम्म हुने मन्त्रिस्तरीय बैठक र साउदी अरेबियामा आगामी मे ३ देखि ४ तारिखसम्म हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताका लागि आफूलाई प्राप्त निमन्त्रणा पत्र पनि सार्वजनिक गर्नुभएको छ ।