नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकको बन्दसूची आज बुझाउने

नवलपुर टुडे


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ । जिल्लाबाट आएका उमेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको नेता देव गुरुङले जानकारी दिए । उनले बाह्रखरीसित भने, “प्रदेशबाट आइसकेको छ । अब हामी त्यसैलाई जोडेर सोमबार आयोगमा बुझाउँछौँ ।”
नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उमेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए । यसैबीच, वाग्मती प्रदेशको समानुपातिक बन्दसूची संकलन कार्यमा लागेका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेकाले सोमबार फर्स्ट आवरमा आयोग पुगेर सूची बुझाउने तयारी रहेको बताए ।
उनले बाह्रखरीसित भने, “हामीले वाग्मतीको जिम्मा लिएका छौँ । सबै जिल्लाको जिम्मा लिने साथीहरूले पनि काम गरिरहनुभएको छ । सबे आजै बेलुका नत्र सोमबार बिहान फरस्ट आवरमा हामी सूची बुझाउने तयारीमा छौँ ।” तुलाधरका अनुसार वाग्मतीमा १९८ जनाले समानुपातिक उमेदवारका लागि आवेदन दर्ता गराएका छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















