फ्रान्सेली अभिनेत्री ब्रिजिट बार्डोटको निधन

एजेन्सी


पेरिस । फ्रान्सेली अभिनेत्री र गायिका ब्रिजिट बार्डोटको निधन भएको छ । उनी ९१ वर्षकी थिइन् । उनको मृत्युको खबर फ्रान्सेली मिडियाले डिसेम्बर २८ मा घोषणा गरेको थियो ।अभिनेत्री बार्डोटको फाउन्डेसनले उनको बिरामी स्वास्थ्य अवस्थासम्बन्धी रिपोर्ट झूटा भएको बताएको एक महिनापछि उनको मृत्यु भएको हो । अक्टोबरमा बार्डोटको सानो शल्यक्रिया गरिएको थियो ।
आफ्नो करियरभरि अभिनेत्रीले रोजर वादिम र जिन लुक गोडार्ड जस्ता अग्रगामी फ्रान्सेली निर्देशकहरूसँग काम गरेर प्रशंसा कमाएकी थिइन् ।उनले धेरै एल्बमहरूमा गीत पनि गाइन् । यी गीतहरूमा विशेष गरी सर्ज गेन्सबर्गसँग सहकार्य गरिएको थियो । जीवनका पछिल्ला वर्षहरूमा भने उनी पशु अधिकारको क्षेत्रमा सक्रिय रहेकी थिइन् ।
जीवनका पछिल्ला वर्षहरूमा बार्डोटले आफ्नो परोपकारी संस्था ‘ब्रिजिट बार्डोट’ फाउन्डेसन मार्फत पशु कल्याणमा आफूलाई समर्पित गरेकी थिइन् ।धेरै पटक जातीय र आपत्तिजनक सार्वजनिक टिप्पणीहरू गरेर उनी विवादमा पनि मुछिइन् । सन् २००४ को एक पुस्तकमा उनले समलिङ्गी मानिसहरूलाई ‘फेयर ग्राउन्ड फ्रिक’ भनेपछि विवादित बनेकी थिइन् ।सन् १९९७ देखि २००८ सम्म उनलाई जातीय घृणा भड्काएको आरोपमा पाँच पटक अदालत लगिएको थियो ।

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च
अरुपनि पढ्नुहोस
सबै
तिहार बिदामा निगमको डिपो खुला रहने

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने

दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद
















