टर्की विमान दुर्घटना: लिबियाका सेना प्रमुखको मृत्यु

एजेन्सी


काठमाडौँ । लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ ।
टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ जाँदै गरेको फाल्कन-५० विमान मंगलबार साँझ स्थानीय समय अनुसार ८ः ५२ उडान भरेको थियो । करिब ४२ मिनेटपछि जहाज सम्पर्कविहीन भएको थियो । विमानले आपत्कालीन अवतरणको अनुमति मागेको केही समयपछि दुर्घटना भएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।
दुर्घटनामा जनरल हद्दादसहित विमानमा सवार अन्य चार जनाको पनि मृत्यु भएको छ । विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिम क्षेत्र हायमाना जिल्लास्थित केसिक्काभाक गाउँ नजिक फेला परेको छ
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबेहले जनरल हद्दादको मृत्यु राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन् । उनले देशप्रति निष्ठा र समर्पणका साथ सेवा गर्ने व्यक्तिहरू गुमाएको उल्लेख गरेका छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















