व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

रासस


घोराही (दाङ), पुस २। घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाउनुभएको छ ।रासायनिक विषादी प्रयोग नगरी खेतीमा लाग्नुभएका सिभिल इन्जिनियर उहाँले यसमा रु एक करोड लगानी गरिसक्नुभएको छ । चार बिघा १० कट्ठाबाट खेती सुरु गर्नुभएका ४१ वर्षीय लोहनीले यसलाई छ बिघा विस्तार गर्नुभएको छ ।
बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहनुभएका उहाँले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताउनुभयो । उहाँले थोपा सिँचाइ प्रविधि प्रयोग गर्नुभएको छ । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उहाँको लक्ष्य छ ।
काठमाडौँमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गर्नुभएका उद्यमी लोहनीले भन्नुभयोे, “सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागतीखेतीमा लागेको हुँ ।” गत वर्ष प्रतिकिलो रु एक सय ५० सम्म मूल्य पाएको कागती यस वर्ष रु ८० मा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

कांग्रेस रुपन्देहीको सङ्कल्प : आन्तरिक एकता बलियो बनाउँदै आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्य

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

बागमती प्रदेश बुद्धिचाल छनोट सुरु

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
अरुपनि पढ्नुहोस
सबै
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)
















