अमेरिकासँग भन्सार युद्ध हुँदा पनि चीनको व्यापार नाफा नाघ्यो १० खर्ब डलर

नवलपुर टुडे


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार युद्ध सुरू गरे पनि चीनको वार्षिक व्यापार नाफा पहिलो पटक १० खर्ब डलर नाघेको छ। चीनले सोमबार जारी गरेको भन्सार तथ्यांकका अनुसार वर्षको पहिलो ११ महिनामा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको व्यापार नाफा १० खर्ब ७६ अर्ब डलर पुगेको छ। यो तथ्यांकमा सेवा व्यापार भने समावेश नभएर वस्तु व्यापार मात्रै समावेश भएको फाइनान्सियल टाइम्सले जनाएको छ।
अघिल्लो वर्ष चीनको व्यापार नाफा ९ खर्ब ९२ अर्ब डलर थियो। तर यो वर्ष भने ११ महिनामै १० खर्ब डलर नाघेको छ। अक्टोबर महिनामा ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेपछि चीनको व्यापार नाफाले कीर्तिमान कायम गरेको हो। ट्रम्पले दोस्रो कार्यकालमा फेरि चीनसँग व्यापार युद्ध सुरू गरे पनि चीनको निर्यात घटेको छैन। उच्च भन्सार लगाएकै कारण ट्रम्पको दोस्रो कार्यकालमा चीनको अमेरिकामा हुने निर्यात केही घटेको छ। तर पनि अरू देशमा झन् धेरै बेचेका कारण चीनको समग्र निर्यात सेप्टेम्बर महिनासम्म अझ बढेको थियो।
अक्टोबरमा भने अमेरिकामा हुने निर्यात २५ प्रतिशतले घटेका कारण समग्र निर्यात केहि घटेको थियो। तर ट्रम्प र सीले अक्टोबर अन्त्यमा एक वर्षका लागि व्यापार–युद्ध विराम गरेपछि चीनको निर्यात बढेकाले व्यापार फाइदा १० खर्ब डलर नाघेको हो। दक्षिण एसिया र युरोपमा हुने चीनको निर्यात अक्टोबरमा पनि बढ्यो। तर सो वृद्धिदर अलिक कम भएकाले अघिल्लो वर्षको तुलना चीनको समग्र निर्यात घटेको हो।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेपछि चीनको अमेरिकामा हुने निर्यात फेरि बढ्ने अपेक्षा गरिएको छ। चीनले फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बिक्रीमा कडाइ गर्ने वाचा गरेपछि चिनियाँ वस्तुमा लगाएको भन्सार १० प्रतिशतले घटाउन ट्रम्प सहमत भएका छन्। त्यस कारणले पनि निर्यात बढ्ने अपेक्षा गरिएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















