भेनेजुयलासँग द्वन्द्व नगर्न अमेरिकालाई रुसको आग्रह

रासस


मस्को । रुसले भेनेजुएलाको नेतृत्वको पक्षमा उभिएको र अमेरिकी सरकारलाई काराकाससँग पूर्ण द्वन्द्व नगर्न आग्रह गरेको रुसी उप विदेशमन्त्री सेर्गेइ र्याबकोभले आइतबार बताएका छन् ।
“भेनेजुएलामा तनाव उच्च रहेको छ र बढ्दै गएको छ । मस्कोले त्यहाँ देखिएका पछिल्ला घटनाक्रमलाई गहिरो चासोका साथ हेरेको छ,” र्याबकोभले भने, “भेनेजुयला विवाद यस क्षेत्रमा निर्विवाद प्रभुत्व कायम गर्ने वाशिङ्गटनको चाहनासँग जोडिएको छ र यो ट्रम्प प्रशासनको ट्रेडमार्क हो ।”
दुई देशबीच हालै सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौतालाई उद्धृत गर्दै र्याबकोभले रुसले भेनेजुएलासँग बलियो ऐक्यबद्धता कायम राखेको पनि बताए । “हामी भेनेजुएलालाई समर्थन गर्दछौँ, त्यसरी नै यसले हामीलाई समर्थन गर्दछ । यो कठिन समयमा हामी काराकास र उसको नेतृत्वसँग काँधमा काँध मिलाएर उभिएका छौँ,” उनले भने ।
अमेरिकाले क्यारेबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । पेन्टागनले सेप्टेम्बर २ यता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागुऔषध जहाजहरूमा कम्तिमा २२ पटक आक्रमण गरेको छ, जसमा ८७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस/सिन्ह्वा

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















