पाकिस्तानमा जीप दुर्घटना, ५ जनाको मृत्यु

एजेन्सी


इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।दुर्घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएकाे जनाइएकाे छ । उद्धार टोलीका अनुसार ११ जना यात्रु बोकेको गाडी खाल्डोमा खसेको थियो । गाडीमा केही विद्यालयका विद्यार्थीहरू समेत थिए ।
उद्धार टोलीका अनुसार घटनास्थलमै ३ जनाको मृत्यु भएकाे छ । घाइते ७ जनालाई अस्पतालमा पुर्याइएकाे थियाे, जसमध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएकाे हाे ।घाइतेमध्ये २ जना गम्भीर अवस्थामा रहेकाले आयुब स्वास्थ्य केन्द्रमा सारिएकाे जनाइएकाे छ । पाकिस्तानमा खराब सडक अवस्था र यातायात नियमको अवहेलनाका कारण सडक दुर्घटना हुने जोखिम बढिरहेको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















