मधेश प्रदेशका सभामुख राम चन्द्र मण्डल पदमुक्त

नवलपुर टुडे


जनकपुरधाम । मधेश प्रदेशसभाको बुधबार बसेको बैठकबाट सभामुख राम चन्द्र मण्डललाई पदमुक्त गरिएको छ। प्रदेशसभाका उपसभामुख बबिता राउत ईशरले सञ्चालन गरेको बैठकमा सभामुखले पद अनुकुल आचरण नगरेको भने प्रस्ताव पेश गरिएको थियो।
प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८२ को उपनियम (१) बमोजिम सभामुखले पद अनुकुल आचरण नगरेको प्रस्ताव नेपाली कांग्रेसका सांसद कुमरकान्त झाले सदनमा पेश गरेका थिए। सो प्रस्तावमाथि छलफल भएर निर्णयार्थ प्रस्तुत गरिएको थियो।
प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्दा पक्षमा ७६ मत पर्न गएको र विपक्षमा शून्य मत परेको थियो। प्रदेशसभाको कूल सांसद संख्याको बहुमत मत भएको हुँदा उक्त प्रस्ताव पारित भएको र सभामुख मण्डललाई पदमुक्त गरिएको घोषणा ईशरले गरेकी हुन्। प्रदेशसभाको बैठकमा सरकार पक्षका कसैको पनि सहभागिता थिएन भने एमाले बाहेकका सबै दलले मण्डलको विपक्षमा मत दिएका थिए।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















