आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता

रासस


काठमाडौँ, कात्तिक १४ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
न्यायाधीश पोखरेलको इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको थियो । अन्तरिम आदेशको सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बिहीबार बोलाएको थियो । आज सार्वजनिक भएको उक्त आदेशमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ ।
आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षी बनाई मन्त्रिपरिषद्ले गत असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















