कपिलवस्तुमा सशस्त्र प्रहरीको छापा, १ सय २४ बोरा अनुदानको मल बरामद

नवलपुर टुडे
29


कपिलवस्तु । सशस्त्र प्रहरीले छापा हानेर अबैधरुपमा घरमा लुकाई राखेको अनुदानको १ सय २४ बोरा डिएपी रासायिकन मल बरामद गरेको छ । बिहीवार दिउसो सुराकीका आधारमा जिल्लाको शुद्धोधन गाउँपालिका- १ अनहराटस्थित फुल चन्द्र यादबको घरमा राखिएको अवस्थामा सो मल बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताए । सशस्त्र प्रहरी बल २८ गणबाट सहायक प्रहरी निरीक्षक धनन्जय के.सी.को कमाण्डमा १९ जना खटिएको टोलीले यादवको घरमा छापा हानेको हो ।
बरामद मल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको केसीले बताए । सो मल यादवको घरमा कसरी पुग्यो र कुन कृषि सहकारीबाट गयो सो बिषयको अनुसंधान गरिनु पर्ने कृषकहरुले माग गरेका छन । सो मल कृषि सामग्री कम्पनीबाट कृषि सहकारीले पालिकाले तोकेको कोटा अनुसार लगेको थियो । तर कृषकका नाममा लगिएको सो मल कृषि सहकारीले बढी रकम लिई बेचेको कृषकहरु बताउछन ।
धान पछि अब सुरु हुने गहु खेतीका लागि डिएपी मल आवश्यक पर्छ । जिल्लामा पालिको सिफारिसको आधारमा कपिलवस्तुको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र कृष्णनगरमा रहेको साल्ट ट्रेडिङले तोकिएको काटाका आधारमा उपलब्ध गराउने गरेको छ । तर अनुदानको मल कृषि सहकारीबाट नै मलको दुरुपयोग हुने गरेको छ ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद
२०८३ कार्तिक २९ | मध्यान्ह ०५:०७ बजे

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
२०८३ कार्तिक २९ | मध्यान्ह ०५:०७ बजे

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट
२०८३ कार्तिक २९ | मध्यान्ह ०३:०७ बजे

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
२०८३ कार्तिक २९ | मध्यान्ह ०३:०७ बजे

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
२०८३ कार्तिक २९ | मध्यान्ह ०२:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
२०८३ कार्तिक २९ | मध्यान्ह ०२:०७ बजे

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान
२०८३ कार्तिक २९ | मध्यान्ह ०२:०७ बजे

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २९ | मध्यान्ह ०१:०७ बजे

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
२०८३ कार्तिक २९ | मध्यान्ह ०१:०७ बजे












