म अब पूरै आमा बनेकी छु : परिणीति चोपडा

एजेन्सी
२०८२ कार्तिक १० | मध्यान्ह ०१:०७ बजे

नयाँ दिल्ली । बलिउड अभिनेत्री परिणीति चोपडा अहिले आफ्नो जीवनको सबैभन्दा सुन्दर चरणमा छिन् । अक्टोबर १९ मा परिणीति र आम आदमी पार्टीका नेता राघव चड्डाको पहिलो सन्तानको रूपमा छोरा जन्मियो । यसैबिच अभिनेत्रीले सामाजिक सञ्जालमा पहिलोपटक आमा बनेको खबरमा प्रतिक्रिया दिएकी छिन् ।
भिडियोको अन्त्यमा, एउटा संवाद सुनिन्छ, ‘खतम, टाटा बाय–बाय’ । परिणीतिले यो क्लिपको क्याप्सनमा ‘जब महसुस भयो कि म अब पूर्ण रूपमा आमा बनिसकेकी छु र गर्भवती मात्र भएको होइन’ लेखेकी छिन् । यसमा उनले दुई हाँसिरहेको इमोजी पनि राखेकी छिन् ।
केही दिनअघि परिणीतिले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक नोट सेयर गरेकी थिइन् । जसमा उनले आफ्ना सबै प्रशंसकहरू, साथीभाइ र शुभचिन्तकहरूलाई धन्यवाद दिँदै आफूहरूले सबैको सन्देश पढिरहेको अनि सबैबाट पाइरहेको मायाले अभिभूत भएको लेखेकी थिइन् ।
बलिउड र राजनीतिको संसारबाट आएका यो जोडी सधैँ समाचारमा रहन्छ । राघव र परिणीतिबिच केही वर्ष अघि लन्डन स्कुल अफ इकोनोमिक्समा भेटे भएको थियो ।
मित्रता बिस्तारै प्रेममा परिणत भयो र २०२३ को मेमा तिनीहरूले दिल्लीको कपुरथला हाउसमा इन्गेजमेन्ट गरे । उनीहरूले २०२३ को सेप्टेम्बरमा राजस्थानको उदयपुरको द लीला प्यालेसमा शाही विवाह गरेका थिए ।


















