जोरपाटी चोकमा ट्राफिक लाइट जडान

रासस


काठमाडौँ । जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको हो ।
उनले भने-‘अब ट्राफिक नियम उल्लङ्घनलाई सामान्य लापरबाही होइन, शान्तिसुरक्षामा खलल पुर्याउने कार्य मानिनेछ । ट्राफिक प्रहरीको आग्रहलाई बेवास्ता गर्दै अटेरी गरेर समाजमा अशान्ति मच्चाउँदै हिड्ने चालकलाई शान्तिसुरक्षा खलल पारेको कसुरमा कारबाही गरिने छ ।’
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरको तर्फबाट ट्राफिक व्यवस्थापनमा यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘समाजमा विकृति र अशान्ति मच्चाउने जोकोहीलाई कानूनी दायरामा ल्याउनु आजको आवश्यकता हो । प्रहरीका हतियार लुट्ने जस्ता गम्भीर अपराध गर्नेलाई माफ गर्नु हुँदैन । यस्ता व्यक्ति अपराधिक मानसिकताका हुन् र तिनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’
नगर प्रमुख रिसालले ट्राफिक तथा नेपाल प्रहरीलाई आवश्यक पर्ने सहयोग र स्रोत उपलब्ध गराउन नगर तयार रहेको स्पष्ट पारे । उनले आज ट्राफिक लाइट जडान गरिनुले नागरिकलाई आवागमनमा सुविधा पुग्ने बताउँदै आगामी दिनमा यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, स्थानीय समाजसेवीहरू तथा सर्वसाधारणको उपस्थिति थियो । ट्राफिक लाइटको सञ्चालनपछि जोरपाटी क्षेत्रको ट्राफिक व्यवस्थापन थप सशक्त हुनुका साथै सडकमा बढ्दो घुइँचो नियन्त्रण हुने र दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















