लुम्बिनीकी प्रदेश सांसद वली एमालेमै फर्किइन्

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०४:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको भनी जानकारी गराएकी छन् ।
सोमबार विज्ञप्ति प्रकाशित गर्दै उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित वलिले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।






















