नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने

रासस


भक्तपुर कात्तिक २। यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने भएको छ ।शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो ।
अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिन बुधबार प्रधानमन्त्री कार्कीबाट कार्यक्रमको उद्घाटन भई शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले देश तथा विदेशमा शङ्खधर साख्वाःको योगदान, नेपाल संवत्को महत्त्व तथा यसलाई कार्यान्वयनमा ल्याउन पहल गरिरहेको र यस देश तथा विदेशका विभिन्न ठाउँमा शङ्खधर साख्वाःको शालिक स्थापना गर्ने काम भइरहेको बताउनुभयो ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















