बुलिङटारमा स्कुटर दुर्घटनामा दुई जना घाईते

नवलपुर टुडे


बुलिङटार । कालीगण्डकी करिडोरको बतासे डाँडामा आज बिहान भएको स्कुटर दुर्घटनामा स्कुटरमा सवार दुई जना (बुवाछोरा) घाईते भएका छन । घाईते हुनेमा पोखरा महानगरपालिका- १९ का बर्ष ५५ का टि वि पुन
मगर र बर्ष १८ का याम पुन मगर घाईते भएका हुन ।
उनीहरु सवार स्कुटर नम्बर ग २० प २७११ आज बिहान पुर्वी नवलपरासीको गैडाकोटबाट कालीगण्डकी करिडोरको बाटो हुँदै पोखरा जाँदै गर्दा बुलिङटार गाउँपालिका-१ बतासे डाँडामा रहेको ब्रेकरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा दुबै जनाको हात खुट्टामा चोट लागि गम्भीर घाईते भएको छ । घाईते दुबै जनालाई तत्काल उद्दार गरी उपचारका लागि कोटथर स्वास्थ्य चौकी पठाएको बुलिङटार गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल बकाबल मगरले जानकारी दिनुभएको छ ।
सो स्थानमा रहेको व्रेकरमा प्राय मोटरसाइकलसाईकल र स्कुटी दुर्घटना हुने बकाबलले बताउनु भयो । सो ब्रेकरमा सडक बिभाग र सम्बन्धित निकायले बेलैमा समाधान नगरे धेरैको ज्यान जोखिममा पर्ने बकाबलले भने ।भिडियो: कमल बकाबल

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















