पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउदै काउन्सिल

नवलपुर टुडे


काठमाडौं । प्रेस काउन्सिल नेपालको शुक्रबार बसेको बैठकले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
काउन्सिलका सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता उल्लंघनका प्रवृत्ति, उजुरी र स्वःअनुगमनलगायत सम्बन्धमा महत्त्वपूर्ण छलफल गर्दै विभिन्न ६ वटा निर्णय गरेको हो । बैठकले कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट समेत त्यस्तो देखिएको ठहर गरेको छ ।
पछिल्लो बदलिँदो परिस्थितिसँगै प्रतिनिधिसभा निर्वाचन तय भएको अवस्थामा थप जिम्मेवार भई आचारसंहिता पालनामा ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आह्वान गर्ने काउन्सिलले निर्णय गरेको छ । यस्तै, आचारसंहिता अनुगमनलाई थप चुस्त दुरुस्त बनाउन काउन्सिलका तीन सदस्यलाई ‘फोकल पर्सन’ तोक्ने र उजुरी तथा गुनासा सुन्ने व्यवस्था गरेको छ ।
फोकल पर्सनमा टेलिभिजन, एफएम रेडियोतर्फ नकुल अर्याल, छापा माध्यमतर्फ पदमराज जोशी र अनलाइन सञ्चारमाध्यमतर्फ शन्तराम बिडारीलाई तोकिएको छ । यस्तै, सातै प्रदेशमा आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यस्तै २०८२ भदौ ५ देखि असोज ५ सम्म सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्ने पनि काउन्सिलले अर्को निर्णय गरेको छ । जसका लागि सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने पनि निर्णय भएको छ ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















