महिलालाई रोजगारी दिने उद्योगलाई विशेष कर्जा सहुलियत

रासस


कम्तीमा सय महिलालाई रोजगारी दिने निर्यातमूलक उद्योगलाई न्यूनतम ब्याजदरमा कर्जा दिइने भएको छ।नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा १ प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्न सकिने व्यवस्था छ।
यस्तै, जेन-जी पुस्ताका प्रदर्शनका क्रममा असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा ०.५० प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा दिन सकिने व्यवस्था छ।
त्यस्तो कर्जा १ वर्ष वा संस्था सञ्चालनमा आउने अवधिमध्ये जुन कम हुन्छ, त्यो अवधिसम्म प्रवाह गर्नुपर्नेछ। यस्तो कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्म २ प्रतिशत ब्याज सरकारबाट अनुदानमा प्राप्त हुनेछ। यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।
जेन-जी प्रदर्शनबाट प्रभावित उद्योग, व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा दिँदा ऋण मूल्य अनुपात ८० प्रतिशत तोक्न सकिने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ।
रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित इजाजत प्राप्त संस्थाले व्यवसायमा परेको प्रभाव यकिन गरी आगामी पुस मसान्तभित्र पुनरतालिकीकरण गर्न सक्नेछ। पुनरतालिकीकरण गरिएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमा वर्गीकरण हुनेछ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















