मार्तडी कोल्टी अवरुद्ध सडक बुढिनन्दा द्वारा डोजर सञ्चालन

उमेश रोकाया


बाजुरा , असोज ६ । बाजुराको चार महिनादेखि मार्तडी कोल्टी सडक अवरुद्ध सुचारु गर्न बुढिनन्दा नगरपालिकाले डोजर चालू गरिएको छ । बाजुरेली जनताले मार्तडी कोल्टी जिप आवातजावत गर्नका लागि पाँच वटा गाडी फेर्नु पर्ने बाध्यता रहेकोे छ ।
दशैंकाे मुखमा जीपकाे यात्रा गर्नुपर्ने कुन्नाबासीकाे दर्दनाक पीडालाई आत्मसात गरेर मनसुन अलि कम हुने बित्तिकै बडीमालिका नगरपालिका, भाैतिक पुर्वाधार कार्यालय साँफेकाे सहकार्यमा रजाताेली र जिल्लीकाे पहिराे सफा गरेर सडक सुचारू गर्न बुढीनन्दा नगरपालिकाकाे मेसिन पठाएको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।
बुढीनन्दा नगरपालिकाका लागि मात्रै हाेईन दशैमा स्वदेश तथा विदेश बाट घर आउने हुम्ला, मुगु, कालिकोट र बाजुरा जिल्ला सहित १७ वटा पालिकाका गरीव विपन्न जनताकाे सुविधा हुने भएको छ ।
बुढीनन्दा नगरपालिकामा कहाँ के गर्नुपर्छ कसरी गर्नुपर्छ हामी गर्न सकिने काम गरिरहेका छौँ । बुढिनन्दा नगरपालिका – ४ कुरु र घाेडाकाेट लगायत ठाउँमा संधै हामीले पहिलाे प्राथमिकतामा राखेर बर्षात पछि लगत्तै बाटाे सुचारु गरेर मात्र अन्य वडाहरुमा पठाउने गरेका नगर प्रमुख बोहराले बताउनुभयो ।
कुन्नाबासीकाे मुल सडक मार्तडी काेल्टी जाेड्ने बाटाे खाेल्नै पर्छ भनेर मेसिन पठाएकाे हाे । अब तत्काल बस सेवा पनि संचालन गर्नुपर्छ । त्यसपछि सबै वडामा बाटाे मर्मत सुचारु गरिनेछ । कुन्नाबासीकाे समस्यालाई गंभीरताका साथ लिएर नै हामीले पहल कदम अगाडि बढाएको हो । धनगढी, नेपालगंज र महेन्द्रनगरबाट काेल्टीमा बस सेवा पुनः संचालन अब केही दिनमा सुचारु हुनेगरी लागिएको नगरपालिकाले जनाएको छ ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















