रूपन्देहीमा डुबेर एक बालकको मृत्यु

नवलपुर टुडे

सारांश
भैरहवा (रूपन्देही) । खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।
बिहीबार सिद्धार्थनगर नगरपालिका–९, गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार, सोही दिन अबेर खबर भएकोले उद्धार र खोजी कार्य सम्भव नभएको हुँदा शुक्रबार बिहानैदेखि खोजी सुरु गरिएको थियो ।
सुरुमा वडा प्रहरी कार्यालय भैरहवा र स्थानीयको संयुक्त टोलीले खोजी गरे बेपत्ता बालक भेटिएनन् । पछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले बालकलाई खोलाबाट मृत अवस्थामा फेला पारेको थियो ।
मृतक बालकको शवलाई परीक्षणको लागि भैरहवाको भीम अस्पतालमा पठाइ यसबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















