आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न जनप्रतिनिधिको सातदिने अल्टिमेटम

नवलपुर टुडे


परासी । जेनजी आन्दोलनको मौका छोपेर पश्चिम नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न नवलपरासीका जनप्रतिनिधिहरूले सातदिने अल्टिमेटम दिएका छ्न् । पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आज संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएका हुन् ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले आफ्नो घर जलाउनुपूर्व घरभित्र छिरेर लुटपाट गरिएको र त्यसपछि आगजनी गरिएको बताए । त्रिपाठीले घटनामा राजनीतिक दलका कार्यकर्ताहरू संलग्न भए राजनीतिक रूपमै हल गरिनुपर्ने अन्यथा आपराधिक क्रियाकलापमा संलग्न भएकाले प्रशासनले चाँडो निष्कर्ष निकालेर कारबाहीको दायरामा ल्याइनुपर्ने उनले माग गरे । प्रशासनले एक हप्ताभित्र कारबाही भएको महसुस नगरा जनतालाई आफूहरूले रोक्न नसक्ने उनले चेतावनी पनि दिए ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आगजनी र तोडफोडमा संलग्नहरू तस्करी र आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरू भएका आरोप लगाए । प्रशासनले एक हप्ताभित्र कानुनी कारबाही नगरे आफूहरूले फरक कदम चाल्नेसमेत उनले चेतावनी दिए । पश्चिम नवलपरासीमा भएका सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन जनप्रतिनिधि र राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।
– गर्नू


एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
अरुपनि पढ्नुहोस
सबै
बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
















