दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

नवलपुर टुडे


काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिए । त्यस्तै असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टिकाको शुभसाइत रहेको छ ।
वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू
१. वि सं. २०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९:१३ बजे
२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार– झण्डा फेर्ने, बिहान ९:५३ बजे (पूर्व मोहडा)
३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।
४. वि.सं. २०८२ साल असोज १३ गते सोमबार– फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे
५. वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि
६. वि.सं. २०८२ साल असोज १५ गते बुधवार– महानवमी स्थिरासन बिहान ९:२३ बजे
७. वि.सं. २०८२ साल असोज १६ गते बिहीवार– विजया दशमी, देवी विसर्जन, बिहान ९:२३ बजे
टीका बिहान ११:५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने)
श्री तुलजाभवानी यात्रा, दिवा १२:१९ बजे स्थिरासन दिवा १।१७ बजे, खड्गयात्रा ।
८. वि.सं. २०८२ साल असोज २० गते सोमबार– अखिलबलिपूर्ति ।
वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।



मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















