बिच्छ्याँमा बाढीपीडित त्रिपालमुनी बस्न बाध्य

उमेश रोकाया


बाजुरा , भदौ २९ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको बिच्छ्याँमा बाढी र पहिरो गएको एक महिना पूरा भएको छ। साउन २८ गते आएको बाढीले बिच्छ्या र कुवाडीका अधिकांश बासिन्दा घरबारविहिन बनेका थिए।
बाढीले बिस्थापित भएको एक महिना बितिसक्दा समेत गाउँपालिकाको वडा नम्बर १ बिच्छ्याका ८ र वडा नम्बर –५ कवाडीका आधा दर्जन पिडीत परिवार पालमुनी बस्न बाध्य छन्। पीडित आइसिंह बोहराले आफ्नो घर र जग्गा सबै बगाउँदा अहिले सम्म पनि पानी परेको दिन रातभर पालैमा जाग्राम बस्नु परेको पीडा पोख्नुभयो।
उहाँका अनुसार, “बाढी गएको दिनदेखि अहिलेसम्म पालभित्रै जीवन बिताइरहेका छौं, पानी परे झन् डरै डर हुन्छ।” गाउँपालिका र वडा कार्यालयमार्फत बाढी गएको केही दिनमै केही राहत सामग्री उपलब्ध गराइए पनि पर्याप्त सहयोग नहुँदा दैनिकी थप कठिन भएको पीडितको गुनासो छ।
वडा अध्यक्ष जोख भण्डारीले हालसम्म आवश्यक राहत र पुनस्र्थापना नहुँदा पीडितहरू पालभित्रै दिन काट्न बाध्य भएको जानकारी दिनुभयो । यसैबीच, गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बाढी गएको केही दिनमै संघ र प्रदेश सरकारलाई पिडीतको तत्काल पुनस्र्थापनाका लागि अनुरोध गरिएको भए पनि अहिलेसम्म कुनै निर्णय नआएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीका कारण करिब १ सय घर र विभिन्न सरकारी संरचनाहरू समेत उच्च जोखिममा परेका छन्।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















