जनप्रतिनिधिको चरम लापरवाहीको कारण पर्साको पोखरीया नगरपालिकाको अवस्था दिनप्रतिदिन दयनिय बन्दै

जगत ठाडा मगर


पर्सा । जनप्रतिनिधिको चरम लापरवाहीको कारण पर्साको पोखरीया नगरपालिकाको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ ।
नगरवासीहरुले नगरप्रमुखमा युवा व्यक्तिलाई चयन गरी पोखरीयाको विकासमा आमुल परिवर्तन गर्ने अपेक्षा गरेको भए पनि निर्वाचित जनप्रतिनिधिहरु जनताका आकांक्षा र भावना विपरित भ्रष्टाचार र अनियमिततामा लाग्न थालेपछि पोखरीयाको शिक्षा, स्वास्थ्य र विकास निर्माण लथालिङ्ग भएको छ ।
नगरप्रमुख दिपनारायण रौनियार नगरवासीको अपेक्षा विपरित भ्रष्टाचार र अनियमिततामा फसेपछि अहिले उनलाई आफ्नै राजनीतिक गुरु राजकुमार यादवले समेत साथ छोडेको बर्षौ भई सकेको छ ।
युवाले आमुल परिवर्तन गर्न सक्ने अपेक्षा सहित आफूले दिपनारायण रौनियार मन्टुलाई नगरप्रमुखमा चुनाव लडाएर जिताएको भए पनि मन्टु जनभावना विपरित हिड्न थालेपछि आफ्नो टिमले साथ छाडेको यादवले बताउनु भयो ।
अहिले नगर प्रमुख सहितका जनप्रतिनिधिहरुको लापरवाहीको कारण पोखरीयाको जिल्ला उच्चांगल मावि, पोखरीया अस्पतालको विजोग भएको छ भने पोखरीया नगर क्षेत्रमा विकास निर्माणको नाममा नगरपालिकाले गरेका काम गुणस्तरहिन भएको भन्दै नगरवासी आक्रोशित भएका छन् ।
जनप्रतिनिधिहरु अनियमितता र कमिशनमा फस्दा पोखरीयामा बनेका सडकहरुले उदाहरण देखाएका छन । युवा जोश जागरका साथ दुई दुई जना सांसद भई सकेका व्यक्तिलाई हराएर नगर प्रमुखमा निर्वाचित भएका दिप नारायण रौनियारले पोखरीयाको विकासलाई द्रुतगतिमा अगाडी बढाउने अपेक्षा विपरित उल्टो गतिमा नगरलाई हिडाएको आरोप पोखरीयाका स्थानियवासीले लगाएका छन् ।

कांग्रेस रुपन्देहीको सङ्कल्प : आन्तरिक एकता बलियो बनाउँदै आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्य

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

बागमती प्रदेश बुद्धिचाल छनोट सुरु

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
अरुपनि पढ्नुहोस
सबै
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)
















