सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर टुडे


सिन्धुली, भाद्र २० । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकले आज बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको हो। दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पन्छी मरेका छन्। ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
अरुपनि पढ्नुहोस
सबै
आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
















