चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

रासस


चितवन, भाद्र १३ । यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ।
आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी पमाणपत्र प्रदान गरिएको हो। आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन् । एक व्यक्तिले पाँच पटकसम्म पनि आवेदन गरेका छन्।
भूमिहीन ४०० जनालाई प्रमाणपत्र वितरण गर्नेगरी काम भइरहेको छ। हालसम्म १५० जनाको प्रमाणपत्र तयार भइसकेको छ भने आगामी असोजसम्ममा ४०० जनाको प्रमाणपत्र तयार गर्ने लक्ष्य रहेको अध्यक्ष मोक्तानले बताएका छन्। स्थानीय तहसँगको समन्वयमा आयोगले काम गरिरहेको छ।


एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
अरुपनि पढ्नुहोस
सबै
बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
















