१७ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा मृत शिशु

रासस


हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ को मेल्छाम गाउँमा १७ वर्षीया किशोरीले मृत जुम्ल्याहा शिशु जन्माएकी छन् । मेल्छाम गाउँकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएको मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले बताए ।
बुढालाई सुत्केरी गराउन धेरै प्रयास गरिए पनि उपकरणको अभावमा आमा सुत्केरी गराउन नसकिएपछि व्यथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्य चौकी लगिएको थियो ।
उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसके हेलिकप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले गर्भवती बुढालाई सुत्केरी गराउन सफल भए पनि मृतावस्थामा जुम्ल्याहा शिशु जन्मिएको स्वास्थ्य चौकी संयोजक बुढाले बताए ।
किशोरी स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । बुढाको घर सोही गाउँपालिका–३ को मेखाला गाउँ भए पनि अध्ययनका सिलसिलामा माइतीमै बस्दै आएकी छन् । हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले बताए ।
हुम्लासहित कर्णालीका दुर्गम बस्तीका आमाहरूले सुत्केरी व्यथाका कारण अकालमै ज्यान गुमाउनु परेको छ । पछिल्लो केही वर्षयता राष्ट्रपति महिला उत्थानको उद्धार कार्यक्रमले यस्ता महिलाको ज्यान जोगिँदै आएको छ । सानै उमेरमा विवाह गर्नुका कारण पनि हुम्लाका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने र दुःख झेल्दै आउनुपरेको स्वास्थ्यकर्मी बताउँछन् ।


एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
अरुपनि पढ्नुहोस
सबै
बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
















