कैलालीका सीडीओपछि तानिँदै एसपी राणा

नवलपुर टुडे

सारांश
कैलाली । प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख एवं एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने भएको छ । बुधबार (साउन २८) गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो ।
लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्रमा बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन २३) राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । त्यसमा सुरक्षा समन्वयमा कमजोरी देखिएकाले सीडीओ र एसपी दुवैलाई तान्नुपर्ने अवस्था आएको गृह स्रोतको भनाइ छ ।
कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘‘बुधबार सीडीओ साबको गृह सरुवा भएको छ । हामीले एसपीलाई पनि आजभोलि फिर्ता बोलाउने तयारी गरेका छौँ ।’’ बुधबार नै गृहले कैलालीको सीडीओमा दाङका प्रजिअ कृष्णप्रसाद लम्साललाई खटाएको छ ।
दाङमा अर्को सीडीओ पठाउने तयारी छ ।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















