बडिमालिका तीर्थयात्रामा गएका दुई जनाको भीरबाट लडेर मृत्यु

नवलपुर टुडे

सारांश
काठमाडौं, श्रावण २४ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडिमालिकाको तीर्थयात्रामा गएका दुई जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। बाजुराको त्रिवेणी नगरपालिका–९ स्थित बिस्नापानीको एउटै विकट भीरमा दुई दिनको अन्तरालमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो। सुरक्षाकर्मीहरूको अथक प्रयासपछि दुवै जनाको शव भीरबाट निकालिएको छ।
पहिलो घटनामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, नारायणटारका ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको हो। साउन २२ गते राति करिब ८ बजे बडिमालिका मन्दिरको दर्शन गरी नाटेश्वरी धामतर्फ जाँदै गर्दा उनी चिप्लिएर करिब ७०० मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।
घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो। भौगोलिक विकटताका कारण सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीको सहयोगमा शुक्रबार साँझ मात्र शव निकाल्न सफल भएको थियो।
यसैगरी, सोही स्थानमा भएको अर्को घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोरासैनीको मृत्यु भएको छ। बडिमालिका दर्शन गरेर फर्कने क्रममा साउन २३ गते उनी करिब ३०० मिटर तल भीरबाट खसेका थिए। उनको शव शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निकालेको हो।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले दुवै घटनाको पुष्टि गर्दै भौगोलिक विकटता र कठिन चट्टानी भू-भागका कारण शव निकाल्न सुरक्षाकर्मीलाई निकै चुनौतीपूर्ण भएको बताए। बडिमालिकाको तीर्थयात्रालाई नेपालकै एक कठिन र जोखिमपूर्ण धार्मिक यात्रा मानिन्छ। हरेक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा देशका विभिन्न भागबाट हजारौँ श्रद्धालुहरू कठिन पैदल मार्ग पार गर्दै दर्शनका लागि पुग्ने गर्दछन्।

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक
अरुपनि पढ्नुहोस
सबै
बुल्गेरियाको तटनजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ















