श्रमिकको निर्धारण गरिएको ज्याला कार्यान्वयन गर्न माग

नवलपुर टुडे


काठमाडौँ, साउन ६ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको वृद्धि भएको ज्याला चाँडो कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
युनियनका महासचिव अजयकुमार राईले आज विज्ञप्ती जारी गर्दै वृद्धि भएको पारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्ब कार्यान्वयनमा लैजान र त्रिपक्षीय संरचना बनाई अनुगमन गर्न माग गर्नुभएको हो । ट्रेड युनियन कांग्रेसले श्रम ऐन, २०७४ को प्रावधान अनुसार प्रत्येक २÷२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएअनुरूप विधि तथा प्रक्रियाअनुरुप भएको यो निर्णयले श्रमिकको जीवनस्तरमा न्यूनतम राहत पुग्ने अपेक्षा गरेको छ ।
महँगीको चाप र जीवन धान्न आवश्यक न्यूनतम खर्च अहिले वृद्धि भएको पारिश्रमिक मागअनुरुप हुन नसके पनि पारिश्रमिक निर्धारणको न्यूनतम मापदण्डका आधारमा सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधि सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सर्वसम्मत निर्णय हुनु सकारात्मक कुरा भएको महासचिव राईले बताउनुभयो ।
यसैगरी, नेपाल ट्रेड युनियन कांग्रेसले रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाउँदा चिनियाँ भूमिमा अलपत्र परेका नेपालीको चाँडो उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले यातायात क्षेत्रका मजदुर, सवारीचालक, सहचालकलगायतका १६० भन्दा बढी नेपाली केरुङको तानसिङमा अलपत्र परेका र उनीहरुले हालसम्म उद्धार हुन नसक्नु दुःखद भएको जनाएको छ ।
यस्तै, उद्धारको पर्खाइमा रहेका श्रमिकले त्यहाँ बस्न गाह्रो भएको, बिरामी परेको, आवश्यक औषधि अभाव भएकाले अविलम्ब उद्धार गर्न गुहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
अरुपनि पढ्नुहोस
सबै
पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण


एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
















