साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने
दिप्शन गुरुङ


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।
साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा आराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी एवं कार्य समिति सदस्यहरूसँगको अन्तरक्रियामा उनले साउनदेखि नै पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकार एवं सञ्चारकर्मीका लागि ‘मिडिया सेन्टर’ को सुरुवात गरिने प्रतिबद्धता जनाएका थिए ।

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
अरुपनि पढ्नुहोस
सबै
पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण


एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
















