एसईई यथावत अब प्रदेशबाट सञ्चालन गरिने

नवलपुर टुडे


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेशस्तरबाटै सञ्चालन गरिने भएको छ । आज (शनिबार) सिंहदरबमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति भएको हो । संसदीय उपसमितिले भने विद्यालय शिक्षा विधेयकमा एसईई नराख्ने गरी प्रतिवेदन बुझाएको थियो ।
सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रस्ताव अघि सारेका थिए । संविधानको भावनाअनुरूप एसईई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिनुपर्ने उनले प्रस्ताव गरे । उनले विद्यालय शिक्षाको गुणस्तर उकास्नका निम्ति पनि एसईई प्रदेशस्तरबाट सञ्चालन गरिनुपर्नेमा जोड दिए । उक्त विधेयक संसद्बाट पारित भएपछि एसईई राष्ट्रिय बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन गरिने व्यवस्था लागु गर्ने विषयमा सहमति भएको हो । जिल्लामा शिक्षा समन्वय इकाइ राख्ने पनि सहमति गरिएको छ ।
संविधानको मर्मविपरीत नजाने गरी जिल्लामा शिक्षा समन्वय इकाइ राख्ने समिति सभापति अम्मरबहदुर थापाले गरेको प्रस्तावमा सांसदहरूले टेबल बजाएर सहमति जनाए । विद्यालय शिक्षा विधेयकलाई समितिबाट पारित गरिएपछि संसद्मा पठाइनेछ । संसद्बाट पारित भएपछि सहमतिका व्यवस्था कार्यान्वयनमा जानेछ । विधेयकलाई अन्तिम रूप दिने गरी समितिको अर्को बैठक आइतबार (असार १५) का निम्ति बोलाइएको छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















