महिलालाई आत्मनिर्भर बनाउन हातेहोजियारी तालिम

उमेश रोकाया


बाजुरा , असार ४ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका विपन्न र लक्षित महिलाहरुका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको छ । गाउँपालिका भित्रका विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउन र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको हो ।
घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र अन्तरगत हिमाली गाउँपालिका उद्योग विकाश शाखाको आयोजना, आईएन एफ नेपाल बाजुरा शाखाको सहजीकरण र सरोजा टेक्निकल इन्सिच्युट प्रालि सुर्खेतको प्राविधिक सहयोगमा उक्त तालिम गाउँपालिकाको केन्द्र धुलाचौरमा असार १ गतेबाट संचालन भएको हो । सिप सिकौं रोजगार बनौं भन्ने उद्देश्यका साथ गाउँपालिकाका विपन्न महिलाका लागि आयआर्जन सम्बन्धी सिपमूलक १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।
गाउँपालिका भित्रका विपन्न तथा आर्थिक रूपमा पछि परेका महिलाहरूको आयआर्जनमा सुधार ल्याउनका लागि सिपमूलक हातेहोजियारी तालिम दिन सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् । हातेहाजियारी सिपमूलक तालिममा गाउँपालिका भित्रका १० जना महिलाहरु सहभाागी छन् । असार १ गतेदेखि सुरु भएको तालिम असार १५ गते समापन हुनेछ ।
तालिममा ऊन तथा ऊनको धागोबाट बुन्ने टोपी र मोजा, गलवन्दी सुईटर बुन्न सिकाइने हातेहोजियारी तालिमका प्रशिक्षक राजेन्द्र कुमार यादवले बताएका छन् । उनका अनुसार १५ दिन सम्म संचालन हुने यो तालिमबाट सहभागि महिलाहरुले पूर्ण रूपमा टोपी र मोजा र गलवन्दी, सइटर बुन्न सिकाएर व्यवसायीक रुपमा विक्रीवितरण गर्न सक्ने बनाउने बताए ।
तालिमबाट मोजा, सुइटर, टोपी र गलवन्दी लगायतका बालबच्चा, युवा र जेष्ठ नागरिकहरूलाई आवश्यक पर्ने कपडाहरू बुन्न सिकाईने सरोजा टेक्निकल इन्सिच्युट प्रालि सुर्खेतका प्राविधिक पारस शाहीले बताएका छन् । यो तालिममा सहभागी महिलाहरुले सिप सिकेर स्वरोजगार बन्ने र उनीहरूको आयआर्जनमा सुधार हुने अपेक्षा गाउँपालिकाले लिएको छ । हिमालीका ग्रामिण स्तरका बजारहरुमा बाहिरबाट आयात भएका रेडिमेट कपडाहरू किन्नु पर्ने नागरिकहरुको पर्ने बाध्यता छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















