पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउपुर्जी खारेज गर्न सम्पादकहरूको माग

नवलपुर टुडे


काठमाडौँ । विभिन्न संचार संस्थाका सम्पादकहरूले पत्रकार दलभूषण पाठकविरुद्ध जारी भएको पक्राउपूर्जी खारेज गर्न माग गरेका छन्। शनिबार ३५ संचार संस्थाका सम्पादकहरूले विज्ञप्तिमार्फत पाठकविरुद्ध फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा पक्राउ पुर्जी जारी भएको बताएका छन्।
उक्त पक्राउ पुर्जी जारी हुनु विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको उनीहरूको ठहर छ। ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
साथै नेपालखबर डटकम र बिजमान्डु डटकमसहितका अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचार हटाउन भन्दै काठमाडौँ जिल्ला अदालतबाट जारी भएको आदेशप्रति असहमति रहेको पनि सम्पादकहरूले बताएका छन् ।

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च
अरुपनि पढ्नुहोस
सबै
तिहार बिदामा निगमको डिपो खुला रहने

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने

दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद
















