आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

नवलपुर टुडे


काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ । हल्का तथा मध्यमगरी सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । बिहान केही कम भए पनि एकाध स्थानमा वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।
“अहिले कम भए पनि काठमाडौंका केही स्थानमा वर्षा भइरहेको छ,” मौसमविद् आर्यालले भने, “दिउँसो केही समय मौसम खुले पनि २/३ बजेपछि पुनः बदली भएर वर्षा हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभरका धेरै स्थानमा बादल बनेर वर्षाको सम्भावना रहेको मौसमविद् अर्याल बताउँछन् ।
बाहिरबाट आएको प्रणाली र स्थानीय प्रणाली मर्ज हुँदा पानी पार्ने सिस्टम विकास हुँदा देशभरका धेरै स्थानमा वर्षा भएको उनको भनाइ छ ।

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
अरुपनि पढ्नुहोस
सबै
पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण


एनपीएल: चितवन राइनोज र काठमाण्डू गोर्खाज भिड्दै

आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
















