कपिलवस्तु शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

नवलपुर टुडे


बुटवल, जेठ ६ । रुपन्देही प्रहरीले कपिलवस्तु शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ। उनलाई विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो । जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेका हुन ।
अध्यक्ष चौधरीले बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा पक्राउ गरिएको हो । रूपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि चौधरी केही दिन सम्पर्कविहीन थिए । मंगलबार भने उनी बुटवल आएको बेला इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















