यी प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित वर्षा

नवलपुर टुडे


काठमाडौँ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
अरुपनि पढ्नुहोस
सबै
लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड

पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण
















