शिक्षक महासंघ र शिक्षा समिति सभापतिबिच छलफल

नवलपुर टुडे


काठमाडौँ । काठमाडौँमा १९ दिनदेखि आन्दोलनरत शिक्षकहरूले संसद्को शिक्षा समिति सभापतिसँग छलफल गरेका छन् । विद्यालय शिक्षा विधेयकमाथिको छलफलले तिब्रता पाइरहेको बेला नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधिहरूले सभापति अम्मरबहादुर थापासँग छलफल गरेका हुन् ।
छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले विधेयकमा समेट्नुपर्ने थप विषयहरूबारे जानकारी गराएका थिए । विधेयकमा छुटेका आफ्ना मागहरू लिखित रूपमा दिने बताएका थिए । छुटेका माग तथा मुद्धाहरू लिखित रूपमा पेश गर्ने महासंघ महासचिव तुला बहादुर थापाले जानकारी दिए ।
आइतबारको छलफलको क्रममा महासंघका प्रतिनिधिहरूले विधेयक निर्माणको प्रगति लगायतका विषयमा जिज्ञाशा राखेका थिए । जवाफमा सभापति थापाले बैशाख १२ गतेका संसद्को अधिवेशनमा पेश गर्नेगरी काम भइरहेको बताएका थिए । उक्त विधेयकमा शिक्षक तथा कर्मचारीका छुटेका विषयहरू समेत थप गर्नुपर्ने अनुरोध गरेका थिए । सभापति थापाले लिखित रूपमा पेश गर्न र विधेयकमा समेट्ने बताएका थिए ।
महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका छन् । ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















