नेपाल र भारतको सीमाक्षेत्रमा सशस्त्र प्रहरीद्वारा लागुऔषधविरुद्ध सचेतनामूलक अभियान
देवराजा यादव


सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नं १ लौकही स्थित रहेको नेपाल भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरीद्वारा लागुऔषधविरुद्ध सचेतनामूलक अभियान गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको आयोजनामा लागुऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (स.प्र.उ.) निर्मल कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा भारतीय एसएसबी- ५६ बटालियन, बथनाका 2IC श्री कस्तुरी लाल, सशस्त्र प्रहरी गुल्म हरिपुरका गुल्मपति सप्रनाउ केदार जङ्ग थापा र सशस्त्र प्रहरी बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतम र सशस्त्र प्रहरी बिओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक जय कुमार महतो र कोशी गाऊँपालिका १ नं वडाका अध्यक्ष उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले सीमाक्षेत्रमा सुरक्षाकर्मी मात्र नभई समुदायको सक्रिय भूमिका पनि अत्यावश्यक रहेको औँल्याउँदै समाजमै लागुऔषधविरुद्ध व्यापक चेतनामूलक अभियान चलाउनु पर्नेमा जोड दिनुभएको बताऊँनु भयो सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि आयोजना गरिएको कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र पत्रकार र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियोे ।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















