बिजयनगरद्वारा पालिकावासीमा जारी सार्वजनिक सूचना


कपिलवस्तु । विजयनगर गाउँपालिकाद्वारा पालिकावासीमा सार्वजनिक सुचना जारी गरिएको छ । यस विजयनगर गाउँपालिकाको अधिकार क्षेत्र भित्र पर्ने सम्पूर्ण स्थानहरुको बाटो घाटोमा चौपाया बस्तुहरु बाध्ने, निर्माण तथा कृषि जन्य बस्तुहरु बाटोमा राख्ने, बाटोको छेउमा अडहरको रुखका खुटीहरु राख्ने, बाटोमा गहुँ र मसुरो लगायतका बालीहरु प्रेसर लगाउने जस्ता कार्य नगर्न अनुरोध गरिएको छ ।
त्यस्तै पालिकाले खुल्ला शौच गर्ने, आफ्नो टोल वरिपरी सरसफाई नर्गने जस्ता कारणबाट सडक दुर्घटना बढेको, यातायात अवरोध भएको, पूर्ण सरसफाई गाउँपालिका अभियानको विपरित कार्य समेत भएकोले माथि उल्लेखित कार्य नगर्न नगराउन सूचना प्रकाशित गरिएको छ ।
सूचनालाई अटेर गरी कुनै कार्य गरेमा प्रचलित कानून तथा विजयनगर गाउँपालिकाको खानेपानी, सरसफाई तथा बातावरण व्यवस्थापन कार्यविधि २०७६, बमोजिम कारवाही गर्न कुनै बाधा नहुने व्यहोरासमेत सम्बन्धित पालिकाबासी सबैलाई यसै सूचनाद्धारा जानकारी गराइन्छ भनेको छ ।























