पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन

नवलपुर टुडे


काठमाडौं । पत्रकार सुरेश रजकको सम्झनामा माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा बुधबार माइतीघर मण्डलामा पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरिएको हो ।
श्रद्धाञ्जली सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए ।

गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो । पत्रकार महासंघले सरकारलाई दिएको ७ दिने अल्टिमेटम सकिएपछी दोस्रो चरणको बिरोध कार्यक्रम अन्तर्गत आज देशैभरी श्रद्धाञ्जली सभा र दिप प्रज्वलन गरिएको हो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष उमिद बागचनले पत्रकार सुरेश रजतको हत्या सम्बन्धमा स्वतन्त्र छानबिन समिति नबनेसम्म महासंघले आन्दोलन कार्यक्रम जारी राख्ने पनि बताए ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















