काठमाडौं उपत्यकामा वर्षा, प्रदूषण हट्ने आशा

नवलपुर टुडे


काठमाडौं । यतिबेला उपत्यकाको विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाले उपत्यकालगाायतका विभिन्न स्थानमा वर्षा भइरहेको र बाँकी स्थानमा पनि साँझसम्म वर्षा हुने जानकारी दिए ।
मध्याह्न ३ बजेसम्ममा उपत्यकाको सबै स्थानमा वर्षा हुन सकिरहेको छैन । भक्तपुर र ललितपुरको पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । उनले भने, ‘बिहीबार बिहान र दिउँसो पनि वर्षा हुन्छ । यसपालिको वर्षाले वायु प्रदूषण घटने र किसानलाई राहत पुग्छ ।’ नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा मुलुकको लुम्बिनी प्रदेशसम्मका अधिकांश भूभागमा वर्षा हुने मौसमविद् झाको भनाइ छ ।
उनका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी भूभाग मात्रै वर्षाको सम्भावना छ । धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने उनले बताए । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताए । ‘काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ’, उनले भने । एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्कअनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ७७ एक्युआई रहेको छ ।

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
अरुपनि पढ्नुहोस
सबै

सामूहिक फूलखेतीले दिलाएको सफलता…

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य
















