विजयनगरमा लागुऔषध विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न


कपिलवस्तु । विजयनगर गाउँपालिका वडा न ७ त्रिनेत्र माध्यमिक बिद्यालय मधुनगरमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । विजयनगरका वाड अध्यक्ष दिनेश चौधरी र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार चौधरीकाे उपस्थितिमा तथा इलाका प्रहरी कार्यलय गणेशपुरका निरिक्षक हर्ष बहादुर चन्द काे टाेली कमान्डमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
मदरसाका प्र० मुजाबुदिन रहमानकाेको अध्यक्षता तथा दिनेश कुमार चौधरीकाे प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले नयाँ पुस्ताका युवाहरु लागू पदार्थ जस्ता दुर्व्यसनको सिकार हुदै गएको बताए । छिमेकी देश भारतको सिमा पारिबाट लागू पदार्थ दुर्व्यसन जस्ता विभिन्न किसिमका नशालु पदार्थ नेपाल भित्र्याएर आफू र आफू मातहतका युवाहरुलाई समेत लागू पदार्थ सेवन गर्न बाध्य बनाएर युवाहरूलाई त्यस्ता गैरकानुनी कार्य र सेवनको सिकार समेत गराएको पाईएको छ ।
त्यस्ता दुर्व्यसनको सिकार हुनबाट युवाहरू लाई परिचालन गरि विभिन्न किसिमका सचेतना मुलुक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत गराउन कार्यक्रम सम्पन्न भएको छ।























