इप्रका गणेशपुरको आयोजनामा लागुऔषध बिरूद्ध प्रभात फेरि कार्यक्रम सम्पन्न

धर्मेन्द्र कुमार कुर्मी
२०८१ चैत्र १४ | मध्यान्ह ०२:१२ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा लागुऔषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी र्याली कार्यक्रम सम्पन्न भएको छ।
विजयनगर गाउँपालिका वडा नं ६ प्रेमनगरमा आज प्रभात फेरी रैली निकालिएको हो । लागुऔषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी र्यालीले समाजमा शान्ति स्थापना तथा स्थानीय स्तरमा लागुऔषध बिरूद्ध जनचेतना अभिवृद्धि हुनुका साथै अभिभावकहरूलाई आफ्नो बाल बालिकाहरूलाई लागुऔषध जस्तो कुलतबाट बचाउन समेत फलदायी हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताए।
प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, पत्रकार लगायत स्थानीयहरूको वृहत उपस्थित रहेको थियो ।























